पेट्रोलियम पदार्थको मूल्य कति घट्यो?

Bhim Thapa Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ हप्ता अगाडि

काठमाडाैं । चाडपर्व नजिकिएसँगै नेपाल आयल निगमले इन्धनको मूल्य घटेको छ । निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो ।

सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई रुपैयाँ मूल्य घटाइएको छ।

चाडपर्वलाई लक्षित गरी एलपी ग्याँसको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आएकाे छ । निगमले चाडपर्वका बेला इनधन आपूर्तिमा कुनै समस्या नहुने समेत जनाएको छ ।