भाेलिदेखि तीन दिन राष्ट्रिय शोककाे घोषणा

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ हप्ता अगाडि

काठमाडाैं । सरकारले बाढी पहिरोले पुर्याएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै भाेलिदेखि तीनदिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा अमेरिकाबाट फर्केलगत्तै बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले तीन दिन राष्ट्रिय शोककाे घोषणा गर्दै सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्ड आधा झुकाउने निर्णय पनि गरेको छ  ।

यस्तै, बैठकले बाढीपहिरोमा परी मृत्यु भएकाको परिवारलाई सरकारले प्रति व्यक्ति दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । साथै, विभिन्न अस्पतालमा उपचाररत ९२ जना घाइतेहरूको पनि सरकारले निशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

मन्त्रीहरुको १ महिनाको पारिश्रमिक सहयोग गर्नुका साथै  विपद कोषमा १ अर्ब रुपैया उपलब्ध गराउने निर्णय समेत बैठकले गरेको छ ।बाढी पहिरोका विस्थापितहरुलाई स्थानीय तहको समन्वयमा बस्ने ब्यवस्था मिलाइने भएकाे छ ।