कोशी, बागमती र गण्डकी प्रदेशमा भोलिसम्म वर्षा हुने

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ हप्ता अगाडि

काठमाडाैं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
मंगलबार रातिदेखि बिहीबारसम्म कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको
मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

विशेषगरीकृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।ठूलो वर्षा भने नहुने मौसम विदहरुको भनाइ छ।यसअघिको तीन दिनकाे वर्षाले काठमाडाैं उपत्यका लगायतका स्थानमा ठूलाे जनधनकाे क्षति पुर्याएकाे थियाे ।