असोज ११ र १२ गतेको अविरल वर्षाले ६ अर्ब रुपियाँ बराबरको बालीनालीमा नोक्सानी

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ हप्ता अगाडि

काठमाडाैं । कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले असोज ११ र १२ गते आएको विपद्का कारण ६ अर्ब रुपियाँ बराबरको बालीनालीमा नोक्सानी भएको बताएका छन् । बुधबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको विपद्ले ६ अर्ब रुपियाँ बराबरको बालीनाली नोक्सानी गरेको बताएका हुन् । 

यद्यपि सो तथ्याङ्क प्रारम्भिक भएको उनको भनाइ छ । उनले सरकारले किसानलाई राहत दिने सन्दर्भमा गम्भीरतापूर्वक सोचिरहेको र मन्त्रालय छलफलमा रहेको बताए । उहाँले राहतका लागि दातृ निकायलाई पनि अनुरोध गरिएको बताए ।