विजया दशमीमा टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ दिन अगाडि

काठमाडौं । दशैंको मुख्य दिन भोलि विजया दशमी । यस वर्षको विजया दशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।

दशमीमा टिका, जमरा लगाउने र मान्यजनबाट आशिष लिने चलन छ । बिहान ११ बजेर ३६ मिनेटमा टीकाको उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

 उत्तम साइतमा नभ्याए पनि विजया दशमीको दिन बिहानैदेखि टीका लगाउन बाधा नपर्ने भएकाले साइत कुर्न नपर्ने र भोलि दिनभर नै टीका लगाउन सकिने समेत समितिले जनाएको छ । 

चन्द्रमा दाहिने पारेर दशैंको टीका लगाउँदा पूर्व फर्कने र लगाइदिने पश्चिम फर्केर लगाइदिँदा राम्रो मानिन्छ ।