यस वर्षको मनसुन पूर्णरुपमा बाहिरियाे

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ दिन अगाडि

काठमाडाैं ।  यस वर्षको मनसुन शनिबारदेखि पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन सुरु गरेको मनसुन शनिवारदेखि पूर्णरूपमा बहिर्गमन भएको हो ।

विभागले एक सूचना जारी गर्दै बाँकी रहेका बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट पनि शनिबार बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको हो ।यसअघि असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णली, लुम्बिनी, गण्डकी र काठमाडौँ उपत्यकाबाट पूर्ण रूपमा र बागमती र मधेस प्रदेशमा आंशिकरूपमा मनसुन बाहिरिएको थियो ।

यसपालि चार दिन ढिला गरी बाहिरिन सुरु भएकाेमा ६ दिनपछि पूर्णरूपमा बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन ढिला गरी जेठ २८ मा भित्रिएको थियो ।