पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी,५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २५ मिनेट अगाडि

पाेखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणको विषयमा पक्राउ गरे पछिको अवस्थामा सो पार्टीका कार्यकर्ता र समर्थकहरुले पोखरामा प्रदर्शन गर्न थालेपछि अवस्थालाई थप भडकन नदिन जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ ।

आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।सहिदचोकआसपास र गैह्रापाटनआसपास क्षेत्रमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न समेत निषेध गरिएको छ ।

लामिछानेलाई जिल्ला अदालतमा म्याद थपका लागि लगिएको छ । त्यस्तै पोखराका सहकारीपीडित र रविका समर्थकबीच झडप हुन सक्ने भन्दै निषेधाज्ञा जारी गरिएको हो । सहकारीपीडितहरुले पनि राष्ट्रबैंक चोक नजिकै प्रदर्शनको कार्यक्रम राखेका छन् ।