काठमाण्डौ, १५ कार्तिक । बिश्वबिधालय, प्रज्ञा प्रतिष्ठान, पुस्तकालय तथा बिधालयहरु राजननीति मुक्त हुनुपर्ने प्रतिनिधि सभाका पुर्ब सदस्य एबँ साहित्यकार नारायण ढकालले बताउनु भएको छ । महाकवी लक्ष्मी प्रसाद देबकोटाको १ सय १६ औ जन्मजयन्तीको अबसरमा कागेश्वरी पुस्तकालयले आयोजना गरेको महाकवी देबकोटाको पुर्ण कदको सालिकमा माल्यार्पण, कविता बाचन, ‘काग’ मुखपत्रको बिमोचन र शुभदिपावली २०८१, नेपाल सँम्बत ११४५ तथा छठपर्बको शुभकामना आदान प्रदान कार्यक्रममा साहित्यकार ढकालले उक्त कुरा बताउनु भएको हो । साहित्यले मानिसलाई असल बनाउँछ भन्दै प्रमुख अतिथी ढकालले पुस्तकालयमा राजनिनि नगर्न र यसलाई सबैको अपनत्व हुनेगरी ब्यबहार गर्नपनि आग्रह गर्नुभयो ।
पुस्तकालय स्थापना गर्दाको उदेश्य र अबका दिनमा पुस्तकालयमा गएर पढ्ने परम्पराको बिकास गर्न आग्रह गर्दै कार्यक्रमका बिशेष अतिथी सँबिधान सभा सदस्य एबँ बागमती प्रदेशका पुर्बमन्त्री रामेश्वर फुँयालले आलापोटलाई साहित्यधाम बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रबिद्धता जनाउनु भयो ।
अबको केहि समयमै सन्चालनमा आउन लागेको कागेश्वरी मनोहरा नगरपालिकाको नयाँ भबनमा स्तरिय पुस्तकालय सन्चालनमा ल्याउने तयारी भै रहेको नगर प्रमुख उपेन्द्र कार्कीले जानकारी गराउनु भयो । बिशिष्ठ अतिथीको आसनबाट बोल्दै नगर प्रमुख कार्कीले सामुदायीक बिधालयहरुमा समेत स्तरिय पुस्तकालय सन्चालन गर्ने र समयअनुकुल अबका पुस्तकालयहरुलाई ई लाब्रेरिमा रुपान्तरण गर्दै लैजाने आफ्नो सोच रहेको कार्यक्रममा जानकारी गराउनु भयो भयो
उप सचिब दिक्षा पुडासैनीले स्वागत गरेको कार्यक्रममा बासुदेब पौडेल, बृन्दा आचार्य, रबिन्द्र भण्डारी, देबकी तिमल्सिना समिक्षा, बिष्णु थापा बिछोड, सुनिल ढकाल, दिपक पुडासैनी, श्रीराम सापकोटा, श्रीकृष्ण सिँखडा, ठाकुर प्रसाद खतिवडा, राज राउत इच्छाराम थापा तथा नारायण धिमाल लगायतका साहित्यकारहरुले आ आफ्ना रचना बाचन गर्नु भएको थियो ।
पुस्तकालयका अध्यक्ष कुमार बहादुर खड्काको सभापतित्वमा सँम्पन्न कार्यक्रमलाई कागेश्वरी मनोहरा नगरपालिका वडा नँ २ का अध्यक्ष सुरज खड्का, शहिद आदर्श क्याम्पस भद्रवासका प्रमुख बिष्णु प्रसाद फुँयाल, बिपी सँग्राहालयका अध्यक्ष परशुराम पोखरेल, राष्ट्रिय पुस्तकालयका पुर्ब प्रमुख दशरथ थापा, साहित्यकार बिनोद मन्जन, नेकपा माओबादी केन्द्रका महेश्वर फुँयाल लगायतले सँबोधन गर्नु भएको थियो ।