काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका छन् ।
राष्ट्रपति पौडेललाई बहिनीहरूले बिहान ११ बजेर ३७ मिनेटको शुभसाइतमा राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन् । उनीहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर,बदामसहितका सौगात प्रदान गरे भने राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट वालुवाटारस्थित सरकारी निवासमा शुभसाइतमा टीका लगाए ।
यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ ।