एजेन्सी । भारतको उत्तराखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ३६ पुगेको छ।उत्तराखण्डको अल्मोडामा भएको दुर्घटनामा ३६ जनाको मृत्यु भएको र १५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते भएका ३ जनालाई हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको छ।उत्तराखण्डको मुख्यमन्त्री कार्यालयले दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ।