मानब बेचबिखन आरोपमा निबर्तमान मन्त्रीसहित ७ जना हिरासतमा

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , १ महिना अगाडि

काठमाडौं, २५ कार्तिक। नेकपा एमालेका नेता एबँ कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लीलावल्लव अधिकारीसहित ७ जना यतिबेला काठमाडौं प्रहरी परिसरको हिरासतमा छन् । उनिहरु मध्धे ३ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।
विमानस्थलबाट पक्राउ पर्नेमा खोटाङका ४१ वर्षीय जनक राई, ३७ वर्षीय दावा शेर्पा र रसुवाका २१ वर्षीय कञ्चन देवकोटा हुन भने अनुसन्धानका क्रममा थप चार जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मन्त्री अधिकारीसहित धादिङका ३४ वर्षीय महेश पाण्डे, नुवाकोटका २२ वर्षीय जुगल रिजाल र दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार रहेका छन् ।
काठमाडौं प्रहरीका अनुसार उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुसार अनुसन्धान भइरहेको छ ।