रवि लामिछानेसहित ४ जनालाई थप १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १ महिना अगाडि

कास्की । सहकारी ठगी प्रकरणमा रवि लामिछाने र छविलाल जोशीसहित ४ जनालाई थप १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक लामिछानेसहित चार जनालाई थप १३ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो ।

न्यायाधीश नवराज दाहालले कसैलाई मुद्धा चलाएर थुन्नेतिर मात्र नभई कसरी हुन्छ पीडितलाई पैसा फिर्ता गर्ने तर्फ ध्यान दिन आग्रह गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापतिसमेत रहनुभएका लामिछानेलाई चौथोपटक म्याद थप गरिएको हो। सूर्यदर्शन सहकारी ठगी प्रकरणमै उनीहरुविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण अभियोगमा अनुसन्धान जारी छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर हिनामिना गरेको अभियोगमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो।