काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार तलमाथि भएमा फेरि माओवादीकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
शनिबार माओवादीको काभ्रे– काठमाडौं सम्पर्क समितिको भेलामा दाहाले आफूहरु प्रमुख विपक्षी दल रहेकाे हुँदा पालाे आफूहरुकै भएकाे बताए । दाहालले भने- यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो त्यसैले चिन्तित हुने कुरा छैन ।
पूर्वप्रधानमन्त्री दाहालले देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यक रहेको समेत चर्चा गरे ।अध्यक्ष दाहालले उत्पादनको आन्दोलनमा माओवादीले अग्रणी भूमिका खेल्नुपर्ने जरुरी रहेको बताए ।
उनले संविधान सभाबाट संविधान बनाउँदा आफूहरुले भनेको जस्तो संविधान नबनेको बताए। उनले अहिलेको सरकारको उद्देश्य सुशासनको नभई भ्रष्टाचारीको संरक्षण गर्ने रहेको आरोप लगाए।