काठमाडाैं । रास्वपाका सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौँ ल्याइएको छ। काठमाडौँको स्वर्णिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न उनलाई साँझ बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइएको हो ।
कास्कीको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धानको क्रममा रहेका लामिछानेलाई काठमाडौँ जिल्ला प्रहरी परिसरमा लगिएको छ । काठमाडौँ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेसँगै आज काठमाडौँ ल्याइएको हो ।
रास्वपाका कार्यकर्ता र समर्थककाे प्रदर्शनलाई ध्यानमा राख्दै जिल्ला प्रहरी परिसर क्षेत्र वरपर बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।