काठमाडाैं । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक शुक्रबार काठमाडाैं आएर स्वदेश फर्केका छन् । बिहान काठमाडाैं आइपुगेका उनले स्वयम्भू र बौद्धनाथको दर्शन एवम् पूजाअर्चना गरे।
सुरुमा विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका भुटानी नरेश वाङचुक त्यसपछि दर्शनका लागि बाैद्धनाथ पुगेका थिए । त्यहाँ भुटानी नरेशलाई भब्य स्वागत गरिएकाे थियाे। उनकाे स्वागतका लागि परराष्ट्र मन्त्री डा. आरजु राणा त्रिभुवन अन्तर्राष्टि्य विमानस्थल पुगेकी थिइन् ।
भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौं आएका आएका हुन् । करिब ४ घण्टा काठमाडौंमा बिताएर उनी स्वदेश फर्केका छन् ।