काठमाण्डौ, २३ मंसिर । सतहमा देखिएको सदस्यता बिबादका कारण पटक पटक मिती घोषणा गरेर पनि स्थगित हुँदै आएको नेपाल पत्रकार महासँघको निर्बाचन आगामी २८ गते हुने भएको छ । देशभरका पत्रकारहरुको छाता सँगठनको निर्बाचनको लागी उम्मेद्धवारको अन्तिम नामावली आएसँगै उम्मेद्धवारहरु गुट निर्माणमा ब्यस्त छन । अध्यक्षमा ४ जनाले भिडन्त गर्दै गरेको भएपनि ३ जनाले प्यानलनै खडा गरिसकेका छन । सत्ता पक्षिय प्यानलको नेतृत्व पत्रकार निर्मला शर्माले गरेकि छिन । शर्मालाई नेकपा एमाले निकट प्रेस चौतारी र नेपाली काँग्रेस निकट प्रेस युनियनको समर्थन छ । यो प्यानललाई सत्तापक्ष प्यानल पनि भन्न थालेका छन ।
त्यसैगरी प्रेस युनियन आबद्ध रहेका रमेश बिष्टले युनियको बागीको रुपमा अध्यक्षमा उम्मेद्धवारी दिएका छन । बिष्टलाइ माओबादी केन्द्र निकट रहेको प्रेस सेन्टर, समाजबादी प्रेस सँगठन, क्रन्तिकारी प्रेस सँगठन, जन पत्रकार सँगठन, प्रगतिशिल पत्रकार सँगठन तथा प्रेस मन्च लगायतको समर्थन रहेको छ । बिष्ट नेतृत्वको प्यानललाई प्रतिपक्ष प्यानल भन्न थालिएको छ ।
त्सैगरी क्रियासिल पत्रकारहरुको साझा मोर्चा नाम दिएर देबि प्रसाद सापकोटाको अर्को प्यानल खडा गरिएको छ । सापकोटा नेतृत्वको प्यानलले सबै पदमा उम्मेद्धवारी दिएको छैन ।
हेरौ कुन प्यानलका उम्मेद्धवार को को हुन
पत्रकार संगठनहरु र स्वतन्त्र पत्रकारहरुद्वारा समर्थित श्रमजीवी पत्रकारहरुको साझा प्यानल

अध्यक्षः रमेश विष्ट
बरिष्ठ उपाध्यक्षः रोशन पुरी
उपाध्यक्ष महिलाः गंगा पौडेल (बराल)
समावेशी उपाध्यक्षः सुभाष प्रसाद साह
महासचिवः लेखनाथ न्यौपाने
खुला सचिवः उत्तरसिंह विष्ट
मधेसी सचिवः श्रीजन झा
महिला सचिवःसरिता बराइली
दलित सचिवः वसन्त विक
आदिवासी जनजाति ः भीषण राई
एशोसियट सचिव ः विकास कार्की
कोषाध्यक्षः रामकृष्ण अधिकारी
केन्द्रीय सदस्यहरु
कोशी प्रदेश ः तीर्थ सिग्देल र दीपेन्द्रकुमार राई
मधेस प्रदेश ः राजु विश्वकर्मा र संजय कुमार राउत
बागमती प्रदेश ः (उपत्यका बाहेक) मणिराज गौतम र मीनकुमार दाहाल
गण्डकी प्रदेश ः दिपक भट्टराई
लुम्बिनी प्रदेश ः यानेन्द्र जीसी र सुमन अधिकारी
कर्णाली प्रदेश ः देवीराम देवकोटा र यज्ञराज थापा
सुदूरपश्चिम प्रदेश ः डिलबहादुर सिंह र रामसिंह ठगुन्ना
उपत्यका प्रदेश ः अर्जुन पन्त र सूर्य सुवेदी
प्रतिष्ठान प्रदेश ः वीरेन्द्र ओली र साहास भट्ट
खुल्ला केन्द्रीय सदस्यहरुमा केशव बहादुर भुल, दामोदर खनाल, लेखनाथ खतिवडा, बुद्द लोप्चन र रामकुमार श्रेष्ठ
महिला ः ( आदिवासी, जनजाति) सरु राना, (मधेसी) मीनाकुमारी यादव, (खस आर्य ) दीया चन्द
दलित केन्द्रीय सदस्य ः लक्ष्मण दर्नाल (पुरुष)
आदिवासी जनजातिः अर्जुन बहादुर तामाङ (पुरुष)
मधेसी ः चन्द्रदेव कामती (पुरुष), ललिताकुमारी साह (महिला)
अपाङ्गतातर्फ केन्द्रीय सदस्य अर्जुन काफ्ले
अल्पसंख्यकतर्फ केन्द्रीय सदस्य बख्तियार अली
लेखा समिति संयोजकः ध्रुव रावल
लेखा समिति सदस्य गणेश प्रसाद बन्जाडे (पुरुष), लक्ष्मी चौधरी (महिला)

नेपाल प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवारहरु
अध्यक्ष– निर्मला शर्मा
वरिष्ठ उपाध्यक्ष– दीपक आचार्य
महिला उपाध्यक्ष– नितु पण्डित
समावेशी उपाध्यक्ष– उमिदप्रसाद बागचन्द
महासचिव –रामप्रसाद दाहाल
सचिव खुल्ला– रमेश खतिवडा
सचिव महिला– सोनी शर्मा
सचिव आदिवासी जनजाति– सविन प्रियासन
सचिव मधेशी– अशोककुमार तिवारी
सचिव दलित– प्रकाश थौलाकोटी
सचिव एसोसिएट– बैकुण्ठराज पराजुली
कोषाध्यक्ष– रामकृष्ण ज्ञवाली
लेखा समिति संयोजक– केसी लामिछाने
खुल्ला सदस्य
रामेश्वर कार्की, छविलाल तिवारी, भूपेन्द्र आचार्य, मुकुन्दप्रसाद भण्डारी, लवदेव ढुंगाना
कोशी प्रदेश सदस्य– कमलमणि रिमाल, शंकर खरेल
मधेस प्रदेश सदस्य– अच्युतम् कुमार सापकोटा, राजेश कर्ण
वागमती प्रदेश सदस्य– नवराज पथिक, नारायण अधिकारी
गण्डकी प्रदेश सदस्य– कृष्ण केसी, केवि राना
लुम्बिनी प्रदेश सदस्य– विकास बन्जाडे, रामराज पोखरेल
कर्णाली प्रदेश सदस्य– तुलाराम पाण्डे, नगेन्द्रप्रसाद उपाध्याय
सूदूरपश्चिम प्रदेश सदस्य– योगेन्द्रबहादुर बलायर, सुरेश पन्त
उपत्यका प्रदेश सदस्य– विनोदप्रसाद चौलागाई, पुस्करराज बुढाथोकी
प्रतिष्ठान प्रदेश सदस्य– नरेन्द्र मानन्धर, सविता शर्मा
संस्थागत सदस्य ९एशोसिएट सदस्य०– पवित्रा मुडभरी, मुक्तिवावु रेग्मी
महिला सदस्य मधेसी– रुविकुमारी रौनियार
आदिवासी सदस्य – माला मालुङ्वा
खस आर्य – लिला शाह योगी
दलित सदस्य– सिकेन्द्र पासवन निर्बिरोध
आदिवासी जनजाति सदस्य– भरत जर्घामगर
मधेसी सदस्य– राजकरण महतो
मधेसी महिला सदस्य– ललिता साह
अपाङ्गता भएका सदस्य– भूपराज बस्याल
अल्पसंख्यक सदस्य– लक्ष्मण थामी
लेखा समिति सदस्य– केशवप्रसाद वोहरा
लेखा समिति सदस्य (महिला) – रुक्मिणी पोखरेल
क्रियाशिल पत्रकारहरुको साझा मोर्चाका उम्मेद्धवारहरुमा

अध्यक्ष देवी प्रसाद सापकोटा
महासचिव जन्मदेव जैसी
खुल्ला सचिव कुमार ओझा,
मधेसी सचिव प्रबिण कुमार चौधरी,
दलित सचिव सन्तोष बराईली,
एसोसियट सचिव योगेश खपाङ्गी,
आदिवासी जनजाति सचिव टिकाराम प्रधान,
केन्द्रीय सदस्य खुल्ला फडिन्द्र फुयाल,
केन्द्रीय सदस्य उपत्यका मुक्ति नाथ आचार्य र
केन्द्रीय सदस्य गण्डकी उज्वल पौडेल छन ।
यसैबिच दलित महिला सदस्य रिता बुढाथोकी, दलित महिला सदस्य रिता बुढाथोकी र आदिवासी, जनजाती महिला सदस्य देबिका घर्ति मगर निर्बिरोध निर्बाचित भएका छन ।

