काठमाडौं, २४ मँसिर । स्ट्रीक्स प्रोफेशनलले आफ्नो पाँचौं संस्करणीय स्पेक्ट्रम सङ्ग्रहको अनावरण गरेको छ । काठमाण्डौमा आयोजना गरेको ‘मेगा शो २०२४’ मा नेपालका ब्यूटीसियनहरुलाई एकदिने रचनात्मकता, सिप बिकाश र अत्याधुनिक कपाल फेसन सँम्बन्धि प्रयोगात्मक प्रशिक्षण समेत दिइएको थियो । उत्तः मेघा सो सौन्दर्य व्यवसायीहरूलाई प्रोत्साहित गर्दै उनीहरूको कौशलतालाई पुनः सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको स्ट्रीक्स प्रोफेशनलका प्रमुख रोशेले छाबडाले बताउनु भयो ।
शोमा ब्रान्डका तर्फबाट नवीनतम ‘हेयर कट’ र ‘स्टाइल’ को प्रस्तुति र सौन्दर्य प्रवृत्तिमा नयाँ ट्रेन्डहरू चिनाउने लक्ष्यसहित विभिन्न प्रशिक्षण र कार्यशालाहरूको आयोजनासमेत गरिएको थियो ।