रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ दिन अगाडि

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेसहित छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई हिरासतमा राख्न म्याद थप गरेको हो ।
सम्पत्ति शुद्धीकरणको कसुरमा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइने प्रावधानअनुरुप अन्तिमपल्ट ४ दिनको म्याद थपिएको छ । चार दिनका भ्याद सकिए लगत्तै पुस ५ मा लामिछानेविरूद्ध सरकारी वकिल कार्यालयले अदालतमा अभियोजन गर्दै छ । सोमबार प्रहरीले उहाँविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।मिछाने कार्तिक २ गते  वनस्थलीबाट पक्राउ परेका हुन् ।