रवि लामिछानेकाे सांसद पद निलम्बनमा,रास्वपाकाे कार्यवाहक सभापतिमा डिपी अर्याल

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १ वर्ष अगाडि


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको हो ।

सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण एने, २०६४ को दफा २७ अनुसार थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेकाले सो कानुनी व्यवस्थाको प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ,’ संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले अाइतबारमात्रै सम्पत्ति शुद्धीकरण (मनीलाउण्डरीङ्ग) निवारण ऐन, २०६४ को दफा २७ को कारावही अघि बढाउन सभामुखलाई पत्र पठाएको थियो ।

यसैबीच, डोलप्रसाद (डिपी) अर्याललाई  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिकाे जिम्मेवारी दिएका छन् ।साेमबार बसेको पार्टी सचिवालय बैठकले उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।रास्वपा सचिवालय बैठकले सभापति लामिछानेको सिफारिसमा अर्याललाई कार्यवाहक सभापति बनाएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा पार्टी सभापतिले तोकेको उपसभापति कार्यवाहक सभापति बन्ने व्यवस्था छ ।