सरिता र ओम एक अर्कालाई भन्दैछन, छोड सताउन

Dipak Pudasaini Entertainment/मनोरञ्जन , News/समाचार , प्रदेश , १३ घण्टा अगाडि

काठमाडौं ११ पुस । गायिका सरिता भारती र गायक ओम सुनारको स्वरमा नयाँ गीत छोड सताउनको भिडियो आज रिलिज भएको छ ।ओएसआर डिजिटलबाट रिलिज भएको यो गीत सरिता र ओमको यो पहिलो सांगीतिक सहकार्य पनि हो । पश्चिमेली लोक भाकामा आधारित यो गीतको संगीत र संगीत संयोजन पनि गायक ओम सुनारले नै गरेका छन । म्युजिक किचनमा राजेन्द्र बजगाईले रेकर्ड गरेको गीतलाई मनोज परियारले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
पत्रकार एबँ गीतकार डब्बु क्षत्रीले लेखेको गित कर्णाली र सुदुरपश्चिम प्रदेश भ्रमणको बेलामा त्यहाँ प्रयोग हुने छोट्या र छोट्टी (केटा र केटी) शब्द टिपेका क्षत्रीले सोही शब्दलाई गीतमा प्रयोग गरेर स्थानीय भाषालाई अन्तराष्ट्रिय क्षेत्रमा भिडियो मार्फत पु¥याएका छन् । यो गीतको भिडियोको निर्देशन पनि डब्बु क्षत्रीले नै गरेका छन ।
गीतको म्यूजिक भिडियोमा सनम कठायत, प्रवण भुसाल, प्रतीक्षा काफ्ले, सजिना लामिछाने, रंजित सिञ्जालीसँग गायिका सरिता भारती लगायतले जिबन्त अभिनय गरेका छन ।
लामो समयदेखि नृत्य निर्देशन गर्दै आएका कृष्ण रसालले भिडियोको कोरियोग्राफी गरेका छन् भने छोड सताउन गीतको भिडियोलाई छायांकन, सम्पादन तथा रंग संयोजन राजेन्द्र पाण्डेले गरेका छन ।
भिडियो ः