काठमाडाैं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।
९२ वर्षीय मनमोहन सिंहलाई बिहीबार साँझ घरमै अचानक बेहोस भएपछि गम्भीर अवस्थामा
अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा पुर्याइएकाे थियाे ।
मनमोहन सिंह लगातार दुई कार्यकाल भारतको प्रधानमन्त्री भएका थिए । उनको व्यक्तिगत छवि एकदम सफा थियो।भारतमा आर्थिक सुधारको श्रेय उनलाई जान्छ।
उनको योगदानको बारेमा देशभर चर्चा भइरहेको छ ।सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका मनमोहन सिंहलाई आर्थिक उदारीकरणका नायकका रूपमा हेरिन्छ।
सन् १९९१ मा प्रधानमन्त्री पीवी नरसिम्हा रावको नेतृत्वमा रहेको कांग्रेस पार्टीको सरकारमा मनमोहन सिंहलाई अर्थमन्त्री बनाइएको थियो ।