वैद्यकाे स्वास्थ्य अवस्थाबारे बुझ्न प्रचण्ड टिचिङ अस्पताल पुगे

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , १ वर्ष अगाडि

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आइतबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर प्रचण्डले स्वास्थ्य अवस्थाकाेबारेमा जानकारी लिएका हुन् । प्रचण्डले उपचारमा संलग्न चिकित्सकहरूसँग छलफल गर्दै उहाँको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित सबैलाई ध्यान दिन आग्रह गरे ।

चिकित्सकहरुले वैद्यका छातीमा सङ्क्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएका छन् । वैद्यकाे आइसियुमा उपचार भइरहेकाे छ ।