बालगायक सचिन परियारको निधन

Bhim Thapa Latest Update , News/समाचार , २ दिन अगाडि

काठमाडाैं । बालगायक सचिन परियारको १३ वर्षकाे उमेरमा बिहीबार निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहान १० बजेर ४५ मिनेट जाँदा उनको निधन भएको हाे ।

लामो समय देखी बिरामी रहेका उनको अचानक स्वास्थ्यमा समस्या आएपछि गता साता उनी अस्पताल भर्ना भएका थिए ।

केही वर्षअघि सामाजिक सञ्जालमार्फत चर्चामा आएका सचिनका आधा दर्जन लोकगीत करोड क्लबमा पुगेका थिए । सचिनले केही चर्चित गीत गाउनुका साथै केही म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।

फरक स्वादको स्वर भएका सचिनको  ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायतका गीतहरू चर्चित मानिन्छन ।