दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ड्रिलिङको काम सकियाे

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १ वर्ष अगाडि

दैलेख । दैलेखमा ८ महिना अघि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ड्रिलिङको काम सकिएको छ । अन्वेषणका लागि ४ हजार २ मिटर गहिराई खनेसँगै ड्रिलिङको काम सम्पन्न भएको हो ।

पेट्रोलियम पदार्थको अन्वेषणका लागि भैरवी गाउँपालिकास्थित जलजले क्षेत्र चिनियाँ र नेपाली प्राविधिक सहितको टोली गत वैशाखदेखि दिनरात दुई सिफ्टमा काम गरिरहेका छन् । परीक्षणका लागि पहिलो चरणको ड्रिलिङ सकिएसँगै अब होयल लगिङ मा परीक्षण गर्ने तयारी छ ।

उक्त स्थानमा पेट्रोलियम पदार्थ हुनका लागि तय गरिएका आवश्यक मापदण्ड अन्तर्गतका संकेत प्राप्त भइरहेको अन्वेषणमा खटिएका विज्ञहरूले बताएका छन् । पेट्रोलियम पदार्थको अन्वेषण चीनको जिओलोजिकल सर्भे कम्पनीले गरिरहेको छ ।विज्ञहरूले अनुसन्धान तीव्र बनाउँदै जाादा स्थानीय पनि उत्सुक देखिएका छन् ।

वर्षौंदेखि ज्वाला बलिरहेका यी स्थानमा पेट्रोलियम पदार्थ भएको यसअघिको अनुसन्धानले देखाइसकेको छ ।दैलेखको सिरस्थान, नाभिस्थान र पादुका क्षेत्रमा सदियौंदेखि अनवरत रूपमा पानीमाथि आगो बल्दै आएको छ ।