सार्वजनिक यातायातको भाडा बढ्यो,यस्ताे छ नयाँ भाडा सूची

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १ वर्ष अगाडि


काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि नै लागू हुने गरी यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको हो।

यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको विभागले जनाएको छ ।

विभागले सार्वजनिक यातायात सञ्चालनसंग सम्बन्धित लगानी तथा खर्च ,यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, व्याज, संचालन खर्च, हाककट्टी र संचालन मुनाफा लगायतका मूख्य सूचकहरुमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका सवारीको भाडामा गरिनु पर्ने समायोजनका गरिएको जनाएको छ ।