काठमाडौँ । आज बिहान काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा महसुस गरिएको भूकम्प ७ रेक्टर स्केलको भएको जनाइएको छ ।
भूकम्पको केन्द्रविन्दु नेपाल र तिब्बतको सीमा दिंगे कान्टी भएको ठहर भएको छ ।अमेरिकाको भूगर्भ संस्था यूएसजीसीले ७.१ र ५.२ रेक्टरका दुई वटा भूकम्प गएको बताएको छ भने चिनियाँ समाचार संस्था सिन्ह्वाले ६.८ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको छ ।

बिहान करिव ६ बजेर ५० मिनेट जाँदा गएको भूकम्पको धक्का नेपाल, चीन, भारत, बंगलादेश र भुटानमा महसुस गरिएको थियो ।भूकम्पबाट भएको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकी छ ।

