रवि लामिछाने ६५ लाख धरौटी(बैंक ग्यारेन्टीमा) मा रिहा

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ घण्टा अगाडि

कास्की । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६५ लाख धरौटीमा रिहा भएका छन् ।

बिहीबार भएको थुनछेकको बहस पछि कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हाे । लामिछानेले अब तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्नेछन् ।
बिहीबार थुनछेक बहस सकिएपछि न्यायाधीशले रवि लामिछानेलाई बोल्न समय दिएका थिए। त्यसक्रममा लामिछानेले आफूलाई थुना बाहिरै बसेर मुद्दा लड्ने अवसर दिन माग गरेको विवरण आएका थिए।

उनलाई कात्तिक २ गते काठमाडौंको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ गरेर कास्की प्रहरीको हिरासतमा राखिएकाे थियाे ।रविसँगै पूर्वडिआइजी छविलाल जोशी ८८ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।

हिरासत मुक्त भएपछि संचारकर्मीसँग कुरा गर्दै लामिछानेले हिरासतको बसाईले हत्तोतसाहित र निराश नबनाएको र थप उर्जा मिलेको बताए । उनले भने, ‘जुन प्रपन्चको योजना भयो त्यो देखेरे मैले सोचेकी जे पनि हुन सक्छ भन्ने तसर्थ यो घटनाको विषयमा थप बाेल्न चाहन्न ।’

पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय बचतकर्ताको एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको उल्लेख गर्दै सरकारी वकिलको कार्यालयले पुस ७ गते अदालतमा मुद्दा दायर गरेको थियो ।

यसैबीच,विभिन्न सहकारीबाट ूअवैधानिकू रूपमा गोर्खा मिडियामा पुगेको बचत रकम खर्च गर्ने क्रममा प्रबन्ध निर्देशकका हैसियतमा लामिछानेको पनि संलग्नता देखिएको आरोपमा लामिछानेविरुद्ध काठमाडौं लगायत अन्य जिल्लामा पनि अनुसन्धान भइरहेको छ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहितलाई विपक्षी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हुँदा लामिछाने पोखराबाट धरौटीमा रिहा भए पनि पुनः पक्राउ पर्ने अवस्था रहेको अभियोजनकर्ताहरूले बताएका छन्।