बेसहाराको सहारा, बेरोजगार लाई काम, ‘रोटरी’

Dipak Pudasaini Education , Latest Update , News/समाचार , प्रदेश , २ घण्टा अगाडि

काठमाण्डौ । बेसहाराको सहारा बनेको रोटरी सामुदायिक सँघले बेरोजगार लाई आत्मा निर्भर बनाउन कामगर्ने वातावरण बनाइ दिने गरेको छ । हालै गण्डकी प्रदेशको ऐतिहाँसिक महत्वको शहर गोर्खामा सँम्पन्न सँघको राष्ट्रिय भेलामा सहभागीहरुले उक्त अनुभब सुनाएका हुन ।


भेलामा सहभागीहरुले आ आफ्ना अनुभब बाँड्दै रोटरी सामुदायिक सँघको मार्ग निर्देशन तथा सहयोगले आफु तथा आफ्ना समुदाय एबँ समाजले कसरी जीबन परिबर्तन गर्यो भन्ने अनुभब सुनाएका थिए ।


सँघको सहकार्यमा भएका स्वास्थ शिबिरहरु, ब्यबसायीक तालिमहरु, साना उधोग, तरकारी खेती, गाई, भैसि, बाख्रा पालन, रक्तदान, बाढी पहिरोमा परेकाहरुलाई राहत, उद्दार तथा पुनस्र्थापनामा सहयोग, अनाथ बाल बालिका एबँ बृद्दबृद्दालाई सहयोग गर्ने देखी सामुदायिक भवन बनाउने, खानेपानीको उपलब्धतामा सहजिकरण गर्ने सम्मको कामहरु भएको सहभागीहरुले बताएका थिए ।


रोटरी डिस्ट्रिक ३२९२ अन्तरगतको रोटरी सामुदायिक संघ (डिस्ट्रिक आरसिसी) को चौँथो राष्ट्रिय सम्मेलन रोटरी क्लब अफ गोरखा र रोटरी क्लब अफ बज्र मनासलुको आतिथ्यतामा सँम्पन्न भएको थियो ।
रोटरी डिस्ट्रिक ३२९२ का गर्भनर राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा भएको सँम्मेलन आरसिसी डिस्ट्रिक ३२९२ सब कमिटीका चियर पर्सन उत्तम खड्काको अध्यक्षतामा भएको थियो ।
देशभरबाट करिब ३ दर्जन आरसिसीका १ सय ५० भन्दा बढी प्रतिनिधित्व रहेको सँम्मेलनमा सहभागिहरुले आ आफ्ना प्रतिभा देखाउँदै परँम्परागत भेषभुषा, कला, सँस्कृती गित, सँगित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।