काठमाण्डौ । शँकरापुर नगरपालिका भित्रका धार्मिक, प्रकृतिक तथा सँस्कृतिक सँम्पदाहरुको प्रचार प्रसार गर्ने उदेश्यले शँकरापुर नगर पालिकाले शँकरापुर सक्व महोत्सब २०८१ को आयोजना गर्ने भएको छ । नगर प्रबक्ता एबँ शँकरापुर वडा नँ ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्टका अनुसार महोत्सब सफलता पुर्बक सँम्पन्न गर्नका लागी नगर प्रमुखको सँयोजकत्वमा मुल आयोजक कमिटी गठन भएको छ । उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत तथा ९ वटै वडाका वडा अध्यक्ष सदस्य रहने गरी मुल आयोजक कमिटी गठन गरिएको छ । कमिटीको उप सँयोजकमा उप प्रमुख समिता श्रेष्ट, सदस्य सचिबमा प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धिताल रहनु भएको छ ।
स्थानिय उत्पादनलाई प्रबर्धन तथा स्थानिय ब्यापारीको सँरक्षण गर्ने र प्रोत्साहन गर्ने मुख्य उदेश्य सहित माघ १६ देखी १९ गते सम्म आयोजना गर्न लागिएको महोत्सब सँपन्न गर्नका लागी २३ उपकमिटी गठन भएको छ ।
महोत्सबमा शँकरापुर नगर पालिकाका ९ वटै वडामा रहेका धार्मिक र पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्ने, झाँकि सहित नगर परिक्रमा गर्ने, कृषी, ब्यापार, हस्तकलाको प्रबर्धन गर्ने, नेवारी खाजा, कासा खेल, परँम्परागत गर गहना, भेषभुषाको प्रदर्शन, बिभिन्न समुदायको जन्म देखि मृत्यू सम्मका बिभिन्न सँस्कारहरुको प्रचार, चित्रकला प्रदर्शनी, हराएका मुर्तिहरुको जानकारी गराउने तथा परँम्परागत जात्राहरुको प्रदर्शनी गरिने प्रबक्ता श्रेष्टले जानकारी दिनुभयो ।