काठमाडाैं । आज पुष २७ गते । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएकाे छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव लगायत राज्यका उच्च पदस्थ व्यक्तित्वले शुभकामना सन्देश दिएका छन् ।
एकता दिवसकाे सन्दर्भ पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले दिउँसाे भृकुटीमण्डपमा चियापान कार्यक्मकाे आयाेजना गरेकाे छ । कार्यक्ममा प्रधानमन्त्री,मन्त्रीहरु,संवैधानिक निकायका प्रमुखहरु,कुटनीतिक नियाेगका प्रमुखहरु,सुरक्षा अंगका प्रमुखहरु र पत्रकार लगायत पार्टीका कार्यकर्तालाई पनि आमन्त्रण गरिएकाे छ ।
वि. सं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट जन्मिएका पृथ्वीनारायण शाहको वि. सं १८३१ मा ५२ वर्षको उमेरमा निधन भएको थियो ।
वि. सं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । राजा हुँदा उनले टुक्राटुक्रा भएकाे राज्यलाई जाेड्दै सिंगाे नेपाल बनाएका थिए । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइयाे ।