काठमाडौं २७ पुष । रमेश कुमार श्रेष्ठको शब्द, अलिस कार्कीको संगीत, समिक्षा अधिकारी र महेनद्र बिको स्वरमा ‘पिर पर्यो’ बोलको आधुनिक गीतको म्युजिक भिडियो साबैजनिक भएको छ । कलाकार, निर्माता तथा निर्देशक ईश्वर थापाको अफिसियल युट्युब च्यानल े मार्फत उक्त गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
भिडियोमा नायक आकाश श्रेष्ठ र चर्चित मोडल बिना राउतले अभिनय गरेका छन् भने भिडियोलाई मिस्टर काजिले निर्देशन गरेका हुन् । छायांकन जितु तामाङ्ग, मेकअप मन्दिर दोङ्ग, कोरियोग्राफर लाक्पा दोर्जी तामाङ्ग, व्यवस्थापक रबि भुजेल, आर्ट बिजय दोङ्ग, पोस्ट स्टुडियो ब्राईटलाइट पिक्चर्स रहेको छ ।
भिडियो – https://www.youtube.com/watch?v=qmBlcoo2jx0&t=26s

