काठमाण्डौ, ८ माघ । काठमाण्डौ उपत्यकाकै पुरानो शहर मध्धे एक साँखु (जसलाई शँकरापुर पनि भनिन्छ ) लाइ देश बिदेशमा परिचित गराउन शँकरापुर सक्व महोत्सब हुने भएको छ । शँकरापुर नगरपालिकाको आयोजना तथा वडा नँ ६ र ७ को सँयोजनमा यहि माघ १६ देखी १९ गते सम्म ४ दिन महोत्सब हुन लागेको हो ।
शँकरापुर नगरपालिकामा आज आयोजित पत्रकार सँम्मेलनमा नगर प्रमुख एबँ शँकरापुर सक्व महोत्सब मुल समारोह समितीका अध्यक्ष एबँ नगर प्रमुख रमेश नापितले दिनु भएको जानकारी अनुसार ३ हजार ३ सय २५ बर्ष पुरानो शहर साँखुको अस्तित्व हराउँदै गएकोले त्यसलाइ चिनाउन महोत्सब आयोजना गर्न लागिएको हो ।

महोत्सबको मुख्य उदेश्य नै साँखुको परिचय जिबन्त राख्दै पर्यटन प्रबर्धन गर्नु रहेको नगर प्रमुख नापितले बताउनु भयो । महोत्सबमा साँस्कृतिक झाँकी, लोक दोहोरी, लाइभ कन्सर्ट, कबिता प्रतियोगिता, सामुहिक छलफल, लगायतका कार्यक्रम रहेको पनि प्रमुख नापितले जानकारी दिनुभयो ।
आठ ओटा ढोकाको शहर, ९ ओटा पुर्ब फर्केको धाराको शहर, घर घरमा कुलो पुग्ने शहर, ८ ओटा टोलको शहर अनि जात्रै जत्राको शहर जस्ता बिबिधताले भरिपुर्ण शँकरापुरको परिचय फर्काउँदै बिश्वमा परिचित गराउन पनि नगर पालिकाले महोत्सबको आयोजना गर्न लागेको हो ।
हरेक बर्ष सालिनदी मेलामा ३० देख् ि४० लाख दर्शनार्थीले भ्रमण गर्ने तर साँखुलाइ नचिन्ने धेरै भएकोले यहि मेलाको अबसर पारेर महोत्सब आयोजना गरेको पनि नगर प्रमुख नापितले बताउनु भयो ।

शँकरापुर सक्व महोत्सबका सँयोजक, नगर प्रबक्ता एबँ वडा न ६ का अध्यक्ष राधाकृष्ण श्रेष्टले महोत्वमा समाबेश कार्यक्रम एबँ उदेश्यबारे जानकारी गराउनु भएको थियो । सँयोजक श्रेष्टका अनुसार महोत्सबमा साँस्कृतिक झाँकी, परम्परागत जीवनशैली, ऐतिहाँसिक सम्पदाहरुको जानकारी, रैथान उत्पादनको प्रदर्शनी एबँ बिक्रि, ऐतिहाँसिक,धार्मिक स्थलहरुको जानकारी, स्थानिय जात्रा, पर्बहरुको जानकारी, स्थानिय खाजा तथा परिकारहरुको प्रदर्शनी एबँ बिक्रि, नेवा भ्वयू, परँम्परागत नाच, गित, भजन, बिधार्थीहरुको प्रदर्शनी, हस्तकला काष्ठकला, , प्रस्तरकला, चित्रकला, तथा फोटो प्रदर्शनी लगायतले साँखुलाई चिनाउने छ ।

पत्रकार सम्मेलनमा शँकरापुर नगरपालिकाका कार्यकारी अधिकृत एबँ शँकरापुर सक्व महोत्सब मुल समारोहका सदस्य सचिब अमृत कुमार धितालले तिनै तहका सरकारको प्रतक्ष सहभागितामा महोत्सव आयोजना गर्न लागेको जानकारी गराउनु भयो । सदस्य सचिब धितालका अनुसार स्थानिय सरकार आयोजक बागमती प्रदेश सरकारका पर्यटन मन्त्रीले उद्घाटन गर्ने तथा केन्द्र सरकार मातहतको पर्यटनबोर्ड महोत्सबमा सह आयोजका रुपमा रहने छ ।

त्यस्तै शँकरापुरमा क्रियासिल राजनैतिक दलहरु, स्थानिय सँघ सँस्थाहरु, बौद्धिक एबँ प्रज्ञिक ब्यक्रित्वहरु, कलाकार, भाषबिद् तथा इतिहाँसकारहरु लगायतको महोत्सबमा प्रतक्ष एबँ सक्रिय साथ र सहयोग रहने छ ।
उक्त अबसरमा इमेज च्यानलका महा प्रबन्धक रघुबर भक्त मानन्धरले ऐतिहाँसिक एबँ प्राचिन शहर साँखुको महत्व दर्शाउँदै काठमाण्डौबाट नजिकै रहेर पनि छायाँमा परेको धारणा राख्नु भयो । कार्यक्रमलाई महोत्सब मुल समारोह समितीका उप सँयोजक एबँ वडा न ७ का अध्यक्ष बिष्णु प्रसाद श्रेष्ट तथा वडा नँ ८ का अध्यक्ष कोजु थिङ लगायतले महोत्सबको बिशेषताबारे जानकारी गराउनु भएको थियो ।

