पाँचौ ‘एपिक नेपाल म्यूजिक अवार्ड’ चैतमा हुँदै

Dipak Pudasaini Entertainment/मनोरञ्जन , News/समाचार , १२ महिना अगाडि

काठमाडौं ४ फागुन । एपिक नेपाल म्युजिक अवार्डको पाँचौ संस्करण आगामी चैत्र २ गते आयोजना हुने भएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हुन लागेको अवार्डमा गीत–संगीतका सबै विधालाई समेटिएको एपिक नेपालका राजेन्द्र पुरीले बताउनु भयो । शंखधरपार्क मध्यपुर थिमीमा थिमि नगरपालिकाका निबर्तमान नगर प्रमख मदन सुन्दर श्रेष्टको प्रमख आतिथ्यता तथा म्यूजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा गराइएके जानकारी अनुसार लोकसंगीतमा क्रियाशील तथा नवप्रतिभाका सर्वोकृष्ट रचनाको साथै आधुनिक, पप, लोकपप, पर्व विशेष, काँठे र देउडा गीत, चलचित्र गरि ३२ बिद्यामा अवार्ड प्रदान गरिने छ ।

मध्यपुर थिमी नगरपालिकाको दुधपोखरीमा सम्पन हुने पाँचौ एपिक नेपाल म्यूजिक अवार्ड २०८१ कार्यक्रममा लाईफटाइम एचिपमेन्ट अवार्ड हाँस्यकलाकार बसुन्धरा भुसाललाई नगद सहित प्रदान गरिने छ । पत्रकार ऋषि धमला र युवा पत्रकार सम्मान क्रषि थपलियालाई नगद राशी सहित सम्मान गरिने छ । त्यसैगरी अभिनेता भुवन केसी र पल शाह पनि सम्मानित हुने छन् ।