काठमाण्डौ, ४ फागुन । देश र देशवासीको आमुल परिबर्तन, राजतन्त्रको अन्त्य, लोकतान्त्रीक गणतन्त्रको स्थापनाका लागि भन्दै छातिमा तोतो गोली थापेको योद्धाहरुले कतारमा ३० औ जनयुद्ध दिवस मनाएका छन । २०६३ सालमा आन्दोलनको अन्त्य तथा गयातन्त्र स्थापना भए पश्चात रोजगारीको खोजिकमा कतार पुगेका योद्धाहरुले गठन गरेको नेकपा माओबादी केन्द्रको प्रवास सँगठन जनप्रगतीशिल मन्च कतारले ३० औ जनयुद्ध दिवस मनाएको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एसिया प्रदेश (सार्क बाहेकका) प्रदेश सह इनचार्ज डि बि क्षेत्रीको प्रमुख आतिथ्यता तथा मञ्चका अध्यक्ष राजेन्द्र देवकोटा को अध्यक्षतामा भएको कार्यक्रममा कतारमा स्थापित अधिकाँस सस्थाका प्रतिनिधिहरुको उपस्थित थियो ।

कार्यक्रमा माओवादी केन्द्र एसिया प्रदेश (शार्क बाहेकका ) संयोजक शनि कुमार ओलीले माओवादी आन्दोलन र जनयुद्ध हिजो र आज पनि सहि थियो र छ भन्दै जनयुद्ध लाई प्रतिगामी तत्वहरुले गलत तरिकाले ब्याख्या गरेको प्रती दुःख व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी क्षेत्रीले परदेशमा रहेका सम्पुर्ण श्रमिकहरुलाई एकजुट भएर राम्राकाम गर्नेलाई साथ र सहयोग गर्न अपिल गरेका थिए । आफुले एन आर एन अभियाममा रहदा हजारे अभियान संचालन गरेको र अहिले तेहि अभियानलाई नेपाल सरकारले सामाजिक सुरक्षा कोषको रुपमा स्थापित गरेको प्रती खुशी व्यक्त गर्दै यस अभियानमा प्रवासमा रहेका सम्पुर्ण नेपाली श्रमिकहरुलाई जोडिनको लागि पनि अपिल गरेका थिए ।
मञ्चका उपाध्यक्ष सरिता भण्डारीले स्वागत गरेको कार्यक्रमलाई बिभिन्न सँस्थाका प्रतिनिधीहरुले शुभकामना ब्यक्त गरेका थिए ।