काठमाडौं,११ फागुन । अष्ट्रेलियाको सिड्निमा देशभक्तिपूर्ण चलचित्र ‘काँडेतार’ २२ फेब्रुअरी २०२५ शनिवार सिभिक थिएटरमा भब्य र सभ्य रूपमा विशेष प्रदर्शन सम्पन्न भएको छ । यसै अवसरमा आयोजक डि. वोईज ईन्टरटेनमेन्टका सञ्चालक जीएम ठकुरी, पूर्व महाबाणिज्य दुत तथा समाजसेवी दिपक खड्का, एनआरएन अष्ट्रेलियाका पूर्व अध्यक्ष मन केसी साथै मनोज अधिकारी र सिड्नि निवासी नेपालीहरूको तर्फबाट नेपाली चलचित्रको माध्यमबाट नेपाली समाजलाई पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै चलचित्रका निर्माता तथा कलाकार नवल खड्कालाई सम्मान गरिएको जीएम ठकुरीले जानकारी दिए ।
चलचित्र काँडेतार यथार्थपरक र राष्ट्रप्रेमले ओतप्रोत भएकाले चलचित्रलाई दर्शकहरूले साह्रै उत्कृष्ट प्रतिक्रिया पाएका छौ त्यसकारण अब अष्ट्रेलियाको अन्य स्थानमा थप शोहरू हुने ठकुरीले जानकारी गराए ।
अष्ट्रेलियाको, सिड्नी निवासी प्रति आभारी छु भन्दै सामाजिक सञ्जालमा खड्का लेख्छन् । देशभक्ति पूर्ण चलचित्र हेर्न आउनु भएका सम्पूर्ण सिडनि र यसको आसपासमा रहनु, बस्नु हुने तपाईं प्रिय चलचित्रकर्मी, नेपालीजन र प्रत्यक्ष, अपत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने प्रति निर्माता खड्काले आभार व्यक्त गरे ।
काँडेतारमा गायिका सत्यकला राई कार्यकारी निर्माता, अन्जु केसी, माकिको राई, नादिया खड्का, सनया खड्का निर्माता रहेको छ । नवल खड्का, सुरविना कार्की, रेविका गुरूङ, गौरव पहाडी, प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा आदि कलाकारको अभिनय रहेको काँडेतारको निर्देशक स्वयं नवल खड्का हुन् । निर्माण पक्षका अनुसार काँडेतार नेपालमा पुनः प्रदर्शन गरिने भएको छ ।