काठमाडौं, २६ फागुन । एकजना कमचारीको स्वार्थका लागी खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल स्काउट तहस नहस बनाएको स्काउट सुद्धिकरण अभियानका सँयोजक देबदुत अधिकारीले बताएका छन । आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा नेपाल स्काउटको सुद्धिकरणका लागी ४ बुँदे माग राखी आन्दोलन आरम्भ गरेको पनि अधिकारीले बताए ।
अधिकारीका अनुसार कर्मचारीको मनोबल गिराउने कर्मचारी प्रशासन नियमावली २०८१ सँसोधन गरी पारित गर्नु पर्ने, नेपाल स्काउटका निर्देशक राम प्रसाद
भट्टराईले अनियमितता गरेको भनि लागेको १० बुँदे आरोप सँम्बन्धमा छानबिन हुनु पर्ने, निर्देशक भट्टराईले कर्मचारीलाई दुब्यबहार गरेको आरोप लागेको हुँदा त्यसको छानबिन हुनुपर्ने, तथा छानबिन पक्रिया नसकिदा सम्म भट्टराई लाइ निलम्बनमा राखिनुपर्ने माग गरेका छन ।
यसअघि नेपाल स्काउट शुद्धिकरण अभियानका तर्फबाट युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई ७ दिने अल्टिमेटम सहित कार्वाहिका लागी फागुन ६ गते ज्ञापनपत्र बुझाएका थिए । अभियानको माग पुरा नभएकोले अब भोलि ब्यानर प्रदर्शन सहित नेपाल स्काउटको राष्टिय प्रधान कार्यालयमा कार्यालय समयमा मौन धर्ना गर्ने तथा चैत्र १ गते रिले अनसन सहित धर्ना बस्ने कार्यक्रम रहेको पनि अधिकारीले बताए ।