जिबराम भण्डारी
प्रधान सँम्पादक योहो टेलिभिजन
नेपाली पत्रकारितामा अझैसम्म निषेधको मनोरोग कायमै रहेछ । कयौं टेलिभिजन ,छापा ,रेडियो ,अनलाइनका लगानीकर्ता र उनका नामधारी सम्पादक यो रोगबाट ग्रसित छन् भन्ने पुष्टि हुन्छ । राजा ज्ञानेन्द्रको पोखराबाट काठमाडौं फिर्ती र त्यसबारे लेखिएका समाचार सुरु देखि अन्त्य सम्मको शब्द चयन पुरापुर गणतन्त्रवादी बाहेक यो देशमा कोही छैनन्, रहनु हुदैन, यहीँ ढंगले पेस भएको देखिन्छ ।
तिमी गणतन्त्रमा विश्वास गर त्यो तिम्रो आफ्नो छनोट हो तिमी नर्क पनि जान सक्छौ छुट छ। तर अरुलाई निषेध गर्ने नाममा समग्र पत्रकारिता जगत बदनाम नगर । किन केही नेपाली सञ्चार डाइनासोरपथमा जान लागेको रु यसै पनि प्रिन्टको उपादेयता संसारमै झै नेपालमा पनि समाप्त हुदैछ।समाचार र सम्पादकीय बुझ्न नसकिने खालको छ । समाचार सत्य हो ,सम्पादकीय तिम्रो संस्थाको विचारमा हो । तिम्रो संस्था दलगत विचारको वा बाहिरी लगानीको हुनसक्छ तर समाचार तिम्रो ऐच्छिक होइन। पत्रकारितामा जस्तै राजनीतिमा माओ ,लेनिन ,मार्क्स ,स्टालिन,चे ग्वेभारा, गान्धी ,लोहिया,जयप्रकाशनारायण यी नामका पार्टी वादी त छदैछन् ।यस्तै नामका मानिस कहिलेकाही लोकतान्त्रिक गणतन्त्र भन्छन् कहिले देशभक्तिको कुरा गर्छन् ,यो शोभनीय हो त रु
यसैपनि नेपाली सञ्चारकर्मी बदनाम छन् ।सम्पादकको भूमिका सम्पादकले निर्वाह गर्दैनन् ।ओपन सोसाइटी देखि विभिन्न साहुमहाजन, पार्टी ,दूतावास ,आईएनजीओ,पश्चिमा शक्ति, उत्तर दक्षिण लगायतको लगानीका बारेमा खुलेर नै धेरै सार्वजनिक भएकै छन् । केही त ट्रम्प प्रशासनले सार्वजनिक गरेको अनुहारवालाहरु यो कोटीमा छन् ।यी र यस्ता विषय उदाहरणहरु मात्रै हुन ।सार्वजनिक हुन र नङ्याउँन बाँकी अझै कति छन् ,कति रु त्यो पनि सार्वजनिक हुदै जालान् । किन भने धेरै समय यहीँ अवस्थामा देश कायम रहदैन।कुनै दिन उथलपुथल र सबै खुलासा हुन्छनै ।
१२ बुँदे दिल्ली सम्झौताको रक्षामा उभिनेले बाहिरी शक्तिको सहयोगमा, उक्साहटमा राजाको सक्रियता भएको भन्नु आफैंमा हास्यास्पद छ ।सार्वजनिक प्रसारण माध्यमहरुले के चै ख्याल गर्नुपर्छ भने ,प्रकाशन वा प्रसारणमा रहेका सञ्चार नेपालीजनबाट मात्रै बाँच्ने हो । गोजीका अनलाइन ,केही विदेशी जासुसी प्रकृतिका संस्थाले चलाएको सञ्चारको दुरुपयोग लामो चल्दैन ।यति चै ख्याल गरौं जनउभार निर्मम हुन्छ त्यसको मारमा पर्ने कर्म सञ्चारले नगरोस् ।