काठमाण्डौ, ८ चैत्र । सरकारले ४३ लाख रिटर्नीको शिप,, अनुभब, पुँजी र जाँगरलाई पहिचान गर्न नसकेको आरोप रिटर्नी फेडेरेशन नेपालका अध्यक्ष उत्तम अधिकारीले लगाएका छन । आगामी चैत्र १५ र १६ गते काठमाण्डौमा हुन लागेकोको फेडेरेशनको दोस्रो महाधिबेशनका बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा अधिकारीले उक्त आरोप लगाएका हुन । अहिले देश कम्तिमा पनि एक घर एक बैदेशिक रोजगारीको चपेटामा छ भन्दै अधिकारीले सरकारले देशमा रोजगारी सिर्जना गर्न नसक्दा सम्म भएपनि रिटर्नीहरुलाई उत्पादन सँग जोड्नु पर्छ । उर्जावान समय परवार सँग बिछोडिदै प्रवासमा खर्चिएर देशलाई रेमिटेन्स मार्फत आर्थिक टेवा दिएकाहरुलाई सरकारले सँबोधन गर्न सकेन । त्यसका लागी सरकारले बजेटमै सँबोधन गर्दै सहुलियत ऋण तथा उधोग, उध्यम र उत्पादनका लागी सहजीकरण गर्नुपर्नेमा अधिकारीले जोड दिनु भयो ।

यस्तो छ दोस्रो महाधिबेशन तयारीका लागी रिटर्नी फेडेरेशन नेपालले जारी गरेको प्रेश बिज्ञप्ती ः
बैदेशिक रोजगारबाट स्वदेश फर्केका रिटर्नीहरुको सामाजिक, आर्थिक र राजनीतिक समायोजनलाई प्रमुख आधार मान्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जनसंगठनको रुपमा क्रियाशिल रिटर्नी फेडेरेसन नेपालको दोश्रो राष्ट्रिय महाधिवेशन २०८१ साल चैत्र १५ र १६ गते काठमाण्डौमा आयोजना हुन गइरहेको छ । महाधिवेशनको उद्घाटन सम्माननीय प्रधानमन्त्री तथा नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । महाधिवेशनमा ६५ जिल्लाका ६०० जना प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
महाधिवेशन आयोजनापूर्व संगठनका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश कमिटी, ५८ ओटा जिल्ला कमिटी र झण्डै २०० ओटा पालिका कमिटीको अधिवेशनहरु सम्पन्न भएका छन् । दुईवटा प्रदेश कमिटी र सात वटा जिल्ला कमिटीहरुमा सम्मेलन आयोजक कमिटी निर्माण भै ६५ जिल्लामा संगठन विस्तार भएकोे छ । विभिन्न ७ वटा मुलुकमा फेडेसनका प्रवास प्रतिनिधिहरु रहेका छन् । संगठनले संचालन गरेको सदस्यता विस्तार अभियान मार्फत ३५ हजार सदस्य थप भएका छन् ।
२०७७ साल पौष २७ गते जनसंगठन प्राप्तिका लागि संयोजन कमिटी गठन भई २०७८ साल पौष १६ गते घोषणा भएको फेडेरेसनले औपचारिक रुपमा चौथो बर्षमा प्रवेश गरेको छ । यस वीचमा संगठनबाट रिटर्नी समुदायको माग तथा मुद्दा उठान र राष्ट्रियस्तरमा परिचय निर्माणका लागि प्रशस्त रुपमा सामाजिक, आर्थिक तथा राजनीतिक गतिबिधि र कार्यक्रमहरु आयोजना भएका छन् । त्यसैगरि मानवीय कल्याण र सहयोगका क्षेत्रमा प्रशस्त कामहरु भएका छन् र संगठनले यी सबै गतिबिधिलाई प्राथमिकताका साथ निरन्तरता दिनेछ ।
दोश्रो राष्ट्रिय महाधिवेशनले,
१. नौ पदाधिकारी सहित ९९ सदस्यिय केन्द्रीय कमिटी तथा ५ सदस्यीय लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोग निर्वाचित गर्नेछ ।
२. आम रिटर्नी समुदायको हितका पक्षमा र संगठनको आन्तरिक विषयमा संगठनले लिनुपर्ने भावी कार्यदिशा र कार्यक्रमहरु तय गर्नेछ ।
३. उद्यमशीलता सहितको राजनीतिको मूलबाटो कार्यान्वयनका लागि सामुहिक उद्यमका अवधारणाहरु र कार्यान्वयनका आधार अघि सार्नेछ ।
४. संगठनबाट बैचारिक, सैद्धान्तिक र सांगठनिक क्षमता विकास भई नेतृत्व तहबाट विदा हुने नेताहरुको व्यवस्थापनका सन्दर्भमा योजना निर्माण गर्नेछ ।
५. फेडेरेसनको विधान २०७८ मा आवश्यकता अनुसार संसोधन गर्नेछ ।
पत्रकार सँम्मेलनमा स्वागत मन्तब्य राख्दै महासचिब जेपी सापकोटाले रिटर्नीहरुलाई उत्पादन र उधमशिलता सँग जोड्नु पर्ने बताउँदै उनिहरुको राजनैतिक तथा सामाजिक सँयोजनका लागी पनि रिटर्नी फेडेरेशनले बाटो तय गरेको र आर्थिक सँयेजनका लागी फेडेरेशन मार्फत नबयुग इन्भेष्टमेन्ट लिमिटेड दर्ता गरि सन्चालनमा ल्याउने तयारी गरिरहेको बताउनु भयो ।