भद्रवासमा गुन्जिए चार दर्जन कवी

Dipak Pudasaini Education , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , साहित्य , ६ दिन अगाडि

काठमाण्डौ, ९ चैत्र । कागेश्वरी मनोहरा नगरपालिका ३ भद्रवासमा आज बेग्लै चहल पहल थियो । कवी एबँ साहित्यकारहरुको बाक्लो जमघटले भद्रवास स्थित जग्रेश्वर मन्दिर एबँ नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाका परिसर ५ घण्टा सम्म कविता गजल एबँ मुक्तकले गुन्जायमान भएको थियो ।

यसरी गुन्जायमान बनाउने अबसर जुटाएको थियो भवानी पौडेल स्मृती प्रतिष्ठानले । प्रतिष्ठानको आयोजनामा आज यहाँ १ सय ४८औ घुम्तिी कवी गोष्टी सँम्पन्न भएको थियो । प्रतिष्ठानका अध्यक्ष बासु पौडेलको अध्यक्षतामा सँम्पन्न गोष्टी अभिनब साहित्य समाजका अध्यक्ष गोबिन्द घिमिरे ‘बेदमणी’को प्रमुख आतिथ्यतामा सँम्पन्न भएको थियो ।


घुम्ति कवी गोष्टीका अध्यक्ष माधबलाल श्रेष्ट, भवानी पौडेल स्मृती प्रतिष्ठानका सँरक्षक दामोदर पौडेल, सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाबुराम पौडेल, शिक्षासेबी कृष्ण प्रसाद पुडासैनी, कागेश्वरी पुस्तकालयका अध्यक्ष कुमार खड्का, इन्जीनियर अच्यूतानन्द भण्डारी तथा कागेश्वरी मनोहरा नगरपालिका ३ का अध्यक्ष राममणी पुडासैनी लगायत बिशिष्ठ साहित्यकारहरुको उपस्थितीमा कवी गोष्टी सम्पन्न भएको हो ।


हरेक महिनाको दोस्रो शनिवार अलग अलग स्थानमा आयोजना हुँदै आएको कवि गोष्टि यस पटक आफुले आफ्नै थातथलोमा गर्न पाउँदा खुसीलागेको प्रतिष्ठानका अध्यक्ष पौडेलले बताए ।