काठमाण्डौ, ९ चैत्र । आधा आकाश ढाकेका महिलालाई घरको चुलाचौकामा मात्रै सिमित नराखी उध्म शिलतामा पनि जोड्नु पर्छ भन्ने उदेश्य लिएको नव सिर्जनशिल बचत तथा ऋण सहकारि सँस्था चाबहिलले महिला सदस्यहरु सँग नब सिर्जनशिल नाम दिएर अन्तरक्रियात्मक कार्यक्रम सँम्पन्न गरेको छ ।

शिक्षा तथा तालिम उप समितीका सँयोजक एबँ सहकारिका सन्चालक समितीका सचिब बिजया लामिछानेको अध्यक्षतामा सँम्पन्न कार्यक्रममा सहकारीका अध्यक्ष बिश्वनाथ अर्यालले सहकारिको औचित्य, आबश्यकता, साथ, आपसि सहयोग लगायतका बिषयमा चर्चा गर्दै सदस्यहरुलाई आबश्यक ऋण, तालिम, तथा ब्यबसाय प्रबर्धनका लागी आबश्यक सँम्पुर्ण सहयोग उपलब्ध गराउने बचा गर्नुभयो ।
नव सृजनशिल सहकारिका ब्यबस्थापक अर्जुन अर्यालले बिश्वमा
सहकारिको बस्तुस्थिती , निति, नियम तथा बित्तिय सुरक्षाको बारेमा जानकारी गराउँदै नव सृजनशिल सहकारिको बर्तमान अबसथा र भाबी योजनाका बारेमा जानकारी गराउनु भएको थियो ।

उक्त अबसरमा महिला हितका लागी सन्चालन गर्न लागीएको चाडपर्ब बचत तथा गहना बचत स्किमको बारेमा पनि जानकारी गराईएको थियो ।
उक्त कार्यक्रममा सहभागी महिलाहरुलाई अचम्मको पोको शिर्षकमा भाग्यशाली उपहार योजना मार्फत १० जनालाई बिशेष उपहार प्रदान गरिएको थियो ।
कार्यक्रममा सँस्थाका निबर्तमान अध्यक्ष केशबराम नेपाल, उपाध्यक्ष राम प्रसाद लुइटेल, कोषाध्यक्ष दामोदर सापकोटा, सन्चालक समितीका सदस्यहरु तथा शेयर सदस्य एबँ बचतकर्ता महिलाहरुको बाक्लो उपस्थिती थियो ।