रिटर्नी फेडेरेशनको अध्यक्षमा भट्टराई सर्ब सम्मत

Dipak Pudasaini Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रवास , ४ दिन अगाडि

काठमाण्डौ,१६ चैत्र । रिटर्नी फेडेरेसन नेपालको दोश्रो राष्ट्रिय महाधिवेशनबाट सँसथापक अभियन्ता तथा बरिष्ठ उपाध्यक्ष बिनोद भट्टराई सर्ब सम्मत अध्यक्ष चयन हुनु भएको छ ।

हिजो देखी आरम्भ भएको महाधिबेशनले उपाध्यक्ष द्धवयमा अर्चना बस्नेत रोकाहा तथा जितेन्द्र बानियाँ, महासचिवमा खेम बहादुर कार्की, उप महासचिव नवराज श्रेष्ठ, तथा सचिवहरुमा सीता बस्याल, ज्ञानेश्वर घिमिरे, हेम राई र ज्ञानु खवासलाई चयन गरेको छ । ९९ सदस्यिय कार्य समिती रहने रिटर्नी फेडेरेशन नेपाल बिदेशमा श्रमगरी फर्केका एमाले सम्बद्ध नेपालीहरुको सँगठन हो ।

४ बर्ष अघि गठन भएको सँगठनमा झण्डै ४० हजार सदस्य अबद्ध छन । फेडेरेशनले ६५ जिल्लामा सदस्यता बिस्तार गरिसकेको छ । महाधिबेशनको उद्घाटन हिजो नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले गरेका थिए ।