काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
लामिछानेकी पत्नी निकिता पौडेलले शुक्रबार सर्वोच्च अदालत पुगेर उक्त रिट निवेदन दर्ता गरेकी हुन्।
सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उनलाई धरौटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै थुनामा पठाउने निर्णय गरेको हो।
यसअघि रुपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। सो आदेशविरुद्ध सरकारी पक्ष उच्च अदालत पुगेपछि अदालतले थुनामा पठाउने निर्णय गरेको हो। अब सोही आदेशविरुद्ध रास्वपा सर्वोच्च अदालत पुगेको हो।