थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

Bhim Thapa Banner Headline with Image , Entertainment/मनोरञ्जन , ८ महिना अगाडि

नयाँदिल्ली । थाईल्यान्डकी ओपल सुचाता चुआङश्रीले मिस वर्ल्ड २०२५ को उपाधि जितेकी छन्। भारतको हैदराबादस्थित हाईटेक्स एग्जिबिसन सेन्टरमा सम्पन्न फिनाले कार्यक्रममार्फत उनले यो वर्षको ताज पहिरिएकी हुन्।

प्रतियोगितामा नेपालसहित १०८ देशका प्रतिस्पर्धीहरू सहभागी भएका थिए। भारतका तर्फबाट प्रतिनिधित्व गरेकी नन्दिनी गुप्ता टप–२० मा पर्न सफल भइन् भने टप–८ मा स्थान बनाउन भने सकिनन्।

फिनालेको सुरुआत टप–४० प्रतिस्पर्धीहरूको सांस्कृतिक र्‍याम्पमा वाक बाट गरिएको थियो, जहाँ भारतकी नन्दिनी गुप्ता शो–स्टपर को रूपमा प्रस्तुत भएकी थिइन्।

७२ वर्षको इतिहास रहेको मिस वर्ल्ड प्रतियोगितामा भारतले सबैभन्दा धेरै उपाधि जितेको देश हो। भारतबाट पहिलोपटक रीता फारिया मिस वर्ल्ड बन्न सफल भएकी थिइन्। त्यसपछि ऐश्वर्या राय, प्रियंका चोपडा, युक्ता मुखी, डायना हेडन र मानुषी छिल्लर पनि मिस वर्ल्डको उपाधि जितिसकेका छन्।