आलापोट, काठमाण्डौ जिल्लाको उत्तर पूर्बी भेगमा अबस्थित गाउँ, आलापोट गाउँ पन्चायत, आलापोट गाउँ बिकास समिती हुँदै अहिले यो कागेश्वरी मनोहरा नगरपालिकाको वडा नँ २ बनेको छ । शिबपुरी जलाधार निकुन्ज तथा ऐतिहाँसिक कागेश्वरी धामको काखमा रहेको आलापोटमा पानीको अभाबमा काकाकुल भएको अबस्था देखी अहिले हरेक घरमा पानीको धारा जडान हुँदा सम्मका मेहेनत, दुःख, पिडा र सफलताका अनगिन्ती कथाहरु छन ।

यिनै मेहेनत र सफलतालाई नयाँ पुस्ता सँग जोड्ने परिकल्पना स्वरुप सँबिधान सभा सदस्य एबँ बागमती प्रदेशका पुर्ब मन्त्री रामेश्वर फुँयालले पानी कचहरी नामक रोचक कार्यक्रम आयोजन गर्नुभयो ।
एक घर एक धारा अभियान, पानी, खानेपानी, गुणस्तरिय खानेपानी, सामाजिक अगुवा शिबराम बस्नेत सँग पानी कचहरी नाम दिइएको कार्यक्रमको उदेश्य समाजका लागी निश्वार्थ सेवा गर्नेको सम्मन गर्ने, नयाँपुस्तालाई पुराना पुस्ताको अनुभब अँगिकार गर्दै उर्जाशिल जोस, जाँगर सहित सामाजिक हितमा काम गर्न प्रोत्साहन गर्नु पर्छ भन्ने रहेको थियो ।
हुनपनि अढाइ दशक सम्म दिन-रात, घाम-पानी, खाना -नाना केहि नभनी गाउँ समाजलाई पानी खुवाउनकै लागी खट्नु सामान्य खटाइ होइन । उनै शिबराम बस्नेतको अथक मेहेनत र खटाइले आज आलापोटले हरेक घरमा सहज पानी पाएको छ । आलापोटका नागरिकले पानीका देउता उपनामले समेत पुकार्ने बस्नेत शिबपुरी निकुन्जका सुरक्षाकर्मी तथा जनाबर सँग पौठेजोरी खेल्दै अड्डा पाटीमा रहेको पानी ट्याङ्की देखी ५ किमी टाढा रहेको पानीको मुहान सम्म नियमित रेखदेखमा पुग्ने गर्दथे । हाल भान्सामा सहजै आइरहेको पानी उपभोग गरिरहेका अधिकाँसलाई आफुले उपभोग गरेको पानीको मुहान कहाँ हो भन्ने सम्म पनि थाहा छैन ।

स्वास्थ्यका कारण पुर्ण सक्रिय रहन नसकेपछी कचहरीमा बस्नेतले भने अब आलापोटमा पानीको अभाब नहोस, बस्ती बढ्दै छ, पानीको मुहान सुक्दै छ, भएकैमा सन्तुष्ट भएर बस्ने होइन बिकल्पको खोजीमा आजैदेखी लाग्नु पर्दछ ।
यसअघी पानी कचहरीका परिकल्पनाकार फुँयालले २०५१ सालमा तत्कालीन सरकारले आलापोटलाई नमुना गाबिस घोषणा गरेपछी गाबिस अध्यक्षको हैसियतमा एक घर एक धारा अभियान आरम्भ गरेको स्मरण गर्नुभयो । यो अभियानलाई २०७४मा बागमती प्रदेशले र हाल सँघिय सरकारले देशैभर सन्चालनमा ल्याएको पनि उहाँले जानकारी गराउनू भयो ।

२०३५÷३६ सालमा पानी खान नपाएर काकाकुलको अबस्थामा रहेको आलापोटलाई बच्चुराम फुँयालको अगुवाइमा २०४० सालमा ३५ वटा धारा जडान गरी गाउँबासीलाई पानी खुवाउन आरम्भ गरिएको तत्कालीन गाबिस सचिब रामशरण फुँयालले जानकारी गराउनू भयो । फुँयालका अनुसार त्यतीबेला आलापोटबासी लाई पानी खुवाउन छिमेकी गाउँहरु भ्द्रवास, डाँछी, इन्द्रायणीबाट समेत श्रमदान गर्न पुगेका थिए । अहिले आलापोटमा जस्तो ब्यबस्थित खानेपानी बितरण अनत कतै छैन ।

आफ्नो कार्यकालमा खानेपानी तथा पुर्बाधार निर्माणलाई प्रथमिकतामा राखेर काम गरेको स्मरण गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका प्रथम नगर प्रमुख कृष्णहरी थापाले गोठाटाको बाटो गागल गागलको पानी गोठाटार भन्ने नारा सहित अभियाननै चलाएको बताउनू भयो । अहिले नागरिकले तिरेको करले नगर पालिका टिका माला तथा भ्रमणमा दुरुपयोग भएकोमा असन्तुष्टि जनाउँदा उहाँले एकिकृत बिकासमा बजेट सदुपयोग हुनुपर्ने बताउनू भयो । आफ्नो कार्यकालमा आरम्भ भएका डाँछी भद्रवास खानेपानी, काँडाघारी, भैमाल, तथा गोठाटार खानेपानी आयोजनामा भइरहेका ढिलासुस्ती प्रतिपनी असन्तुटी ब्यक्त्त गर्नु भयो ।
आलापोट खानेपानीका लागी कागेश्वरी मनोहरा नगरपालिकाको चासो, साथ र सहयोग नरहेको भन्दै आलापोट खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष भक्तलाल नगरकोटीले काम नगर्ने तर पदमात्रै खोजिरहनेलाई समितीमा नआउन अग्रह गर्नुभयो ।
उपभोक्त प्रदिप फुँयालले पानीमा सुद्धता नभएको, खानेपानीको मुहान दर्ता नभएर खोसिने अबस्थामा रहेको तथा नगरपालिकाले बेवास्था गरेको प्रति असन्तुष्टी ब्यक्त गर्नु भयो ।
दिदी महिनी मिलिजुलीसँस्थाकी चन्दा थापा खड्काले शिक्षा, स्वास्थ्य तथा खानेपानीमा राजनिती नगर्न सबैपक्ष सँग आग्रह गर्नु भएको थियो ।

