अकाल मृत्यूको कारण बन्दै नसर्ने रोग, समय समयमा परिक्षण गर्न जनस्वास्थ कार्यालयको आग्रह

Dipak Pudasaini MainNews/प्रमुख समाचार , News/समाचार , स्वास्थ्य , ७ महिना अगाडि

काठमाण्डौ, २० असार । नसर्ने रोगको प्रकोप बिश्वमै बढ्दै गइरहेको परिप्रेक्षमा जिल्ला जनस्वास्थ कार्यालय काठमाण्डौले मुख्यमन्त्री जनता स्वास्थ कार्यक्रम मार्फत ४ हजार ६ सय भन्दा बढीको स्वास्थ परिक्षण गरेको छ । परिक्षण गरिएकाहरु मध्धे ५९ प्रतिशत पुरुष तथा ४१ प्रतिशत महिला छन ।


कारागार, प्रहरी कार्यालय, नेपाल पत्रकार महासँघ, प्रधानमन्त्री कार्यालय देखी मन्दिर र सार्बजनिक स्थानहरु गरि जिल्लाका १६ स्थानमा १७ दिन लगाएर भिन्न भिन्न क्षेत्र, पेशा ब्यबसायमा रहेका नागरिकको परिक्षण गरिएको जिल्ला जनस्वास्थ अधिकृत अनिता खनालले जानकारी दिनुभयो । खनालका अनुसार बिश्वमै नसर्ने रोगको प्रकोप बढ्दै गइरहेको र हाल ७१ प्रतिशत मानिसको मृत्यूको कारण नसर्ने रोग रहेको छ ।


सुर्ति जन्य पदार्थ, मादक पदार्थ, अस्वस्थकर खानपान, शारिरीक सक्रियताको कमीका कारण पनि नसर्ने रोग बढ्दै गइरहेको छ । यसै सन्दर्भमा नागरिकले शरिरमा पोषणको अबस्था, युरिन तथा मृगौला जाँच, ब्लड सुगर तथा ब्लड प्रेसरको जाँच गरिएको जिल्ला जनस्वास्थ कार्यालय काठमाण्डौका प्रमुख बसन्त अधिकारीले बताउनू भयो ।
बरिष्ठ जनस्वास्थ प्रशासक सतिस बिष्टले अब यस प्रकारको परिक्षणलाई बर्षैभरी नियमितता दिने तयारी रहेको जानकारी गराउनू भयो । बिष्टले भन्नु भयो हामिले कतिजनाको परिक्षण गर्यौ त्यो महत्वपुर्ण हैन समय समयमा स्वास्थ जाँच गराउनू पर्छ भनेर कतिलाई सचेत गराउन सक्यौ त्यो महत्वपुर्ण हो ।


नागरिक सचेत भएर समय समयमा स्वास्थ परिक्षण गरी बेलैमा रोग पत्ता लगाई समयमै उपचार गराउन सके नसर्ने रोगका कारण हुने मृत्यू कम गर्न सकिने पनि बिष्टले बिश्वास ब्यक्त गर्नु भयो ।


आज सार्बजनिक गरिएको रिपोर्ट अनुसार परिक्षण गरिएका मध्धे अधिकाँसलाई उच्च रक्तचापको समस्या छ । जसमध्धे ५८ प्रतिशत लाई उच्च रक्तचाप तथा २३ प्रतिशत लाई ब्लड सुगर देखिएको छ ।