बिपद्का घटनामा ९३ जनाले ज्यान गुमाए, ४ सय ४५ जना घाइते

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , न्युज बैंक बिषेश , प्रदेश , ७ महिना अगाडि

काठमाण्डौ, ३२ असार । बिपद् जन्य घटनाका कारण २०८२ को पहिलो ३ महिनामा ९३ जनाले ज्यान गुमाएका छन भने ४ सय ४५ जना घाइते भएका छन । २ हजार १ सय ७७ बिपद् घटना हुँदा २२ जना बेपत्ता भएको तथा ४ हजार १ सय ३४ परिवार प्रभाबित भएको राष्टिय बिपद् जोखिम न्यूनिकरण तथा ब्यबस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बैशाख १ देखी असार ३२ गते सम्ममा सबैभन्दा धेरै चट्याङ लागेर २६ जनाले ज्यान गुमाएका छन भने आगलागीमा परि १४, बाढीबाट १३, जनावर आक्रमणबाट १२ लेक लागेर ११ पहिरोमा परी ६ सर्पदँशका कारण २ जना तथा बर्षाका कारण १ जनाको ज्यान गएको छ ।