दोहा, ३ साउन । नवोदित साहित्यिक वाचनालय कतारको १७औं अधिवेशन हिजो कतारको दोहामा सँम्पन्न भएको छ । बाचनालयका अध्यक्ष सानू थपलियको सभापतित्वमा सँम्पन्न अधिबेसनले सर्बसम्मत रुपमा शोभाराम ओलीलाइ अध्यक्ष चयन गरेको छ । हिजो चयन भएका अन्य पदाधिकारी तथा सदस्यहरुमा प्रथम उपाध्यक्षमा शिव सुबेदी, द्वितियउपाध्यक्ष पुर्ण कान्छा गुरुङ मोवाइलपुस्तक संयोजक गोबिन्द उदासी,महासचिव खिम पुन, सचिव सुजाता डि.सी.,कोषाध्यक्ष रफि मिया तथा सह कोषाध्यक्षमा लुरी थपलियालाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा प्रदीप दाहाल विरोधी, गणेश बस्याल र आनन्द आत्मारमण चयन हुनु भएको छ ।

नवोदितको अधिबेशनको अबसर पारेर नवोदित साहित्यिक बाचनालयले प्रदान गर्दै आएको नवोदित कृती अवार्ड यस पटक अरब गिती काब्यका लागी कबि, गितकार, कथाकार लगायत बिबिध बिधाम सक्रिय प्रेम प्रसादभट्टराईलाई प्रदान गरिएको छ । भने सोहि कार्यक्रममा नब निर्बाचित अध्यक्ष शोभाराम ओलि द्वारा लिखित उपन्यास अटेलिस जोईको पनि बिमोचन गरिएको थियो ।

त्यसैगरी नबोदित श्रस्टा सम्मान पुर्ब अध्यक्ष नारायण निर्जल तथा नबोदित पत्रकारीता सम्मान मध्यान्ह दैनिकका कतार प्रतिनिधी तिलु शर्मा पौडेललाई प्रदान गरिएको थियो ।
२११ औं भानु जयन्तीको अवसर पारेर सँम्पन्न अधिबेशनमा कवी द्धवय श्याम रानाभाट तथा सिताराम थापाले बिशेष गजल बाचन गर्नु भएको थियो ।

गैर आवासिय नेपाली सँघ कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सँम्पन्न अधिबेशनमा गैर आवासिय नेपाली सँघ अन्तराष्टिय समन्वय समितीका प्रथम उपाध्यक्ष सागर नेपाल, प्रवासि नेपाली समन्वय समितीका चानक पोखरेल लगायत बिभिन्न सँघ सँस्थाका प्रतिनिधी तथा साहित्य प्रेमिहरुको बाक्लो उपस्थिती थियो ।

