मलेसिया,४ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले आगामी अगष्ट ३० र ३१ मा एकता अधिबेसको घोषणा गरेको छ । हिजो क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा आयोजित ‘एकताको निम्ति बृहत भेला’ ले अधिवेशनको गर्न सहमति जुटाएको हो । मलेसियामा रहेका गैर आवासिय नेपाली संघ मलेसियाका संरक्षक, पूर्व अध्यक्षहरु, पदाधिकारी तथा विभिन्न नेपाली संघ सगठनको सहमतिमा मिति तय गरिएको हो । उक्त सहमतीपछि एनआरएनए मलेसियामा देखिएको विवाद अन्त्य भएको संस्था एकजुट भएको एनआरएनए आईसिसिका उपाध्यक्ष खगेन्द्र न्यौपानेले बताए ।
भेलामा भएको सहमती अनुसार ३०–३१ अगष्ट, २०२५ मा अधिवेशन हुने छ । नयाँ सदस्यता तथा नविकरणका लागी २१ जुलाईदेखि लागु हुने गरी दुई हप्तासम्म रहने र सदस्यता शुल्क २० रिङ्गेट प्रतिव्यक्ति तोकिएको छ ।
‘एकताको निम्ति बृहत भेला’लाई सम्बोधन गर्दै एनआरएनए आईसीसीका उपाध्यक्ष खगेन्द्र न्यौपानेले संस्था फुट्न नदिई सबैलाई समेटेर एकीकृत रूपमा अधिवेशन गर्नुपर्ने बताए । “दुई हप्ता सदस्यता नवीकरण र नयाँ सदस्यता बितरण, अर्को हप्ता निर्वाचन समिति गठन गर्ने र निर्वाचन सम्पन्न गर्न उनले प्रस्ताव राख्दै भने, “मलेसियाले विश्वभरका एनआरएनएलाई सकारात्मक सन्देश दिएको बताए ।” न्यौपानेले केन्द्रमा जेसुकै विवाद रहे पनि मलेसियामा आपसी मेलमिलाप र एकता अपरिहार्य रहेको बताए । “ उनले भने एनसिसि कुनै गुटको होइन । सबै देशका एनसीसीहरु सर्वाधिकार सम्पन्न हुन्छन । मलेसियामा रहेका सबै संघसंस्था र राजनीतिक दलहरू मिलेर साझा अधिवेशन गर्नुपर्छ,” ।
एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष विनोद थापाले समस्याको समाधान संवादमार्फत खोज्नुपर्ने आवश्यकता औंल्याए । “समस्या आयो भन्दैमा तिललाई पहाड बनाउनु हुन्न,” उनले भने, “एक अर्कामाथि दोषारोपण गर्नुको सट्टा समाधानतर्फ अघि बढ्नु पर्थ्यो अहिले त्यो भएकोले आफू खुशी रहेको बताए ।”

एनआरएनए मलेसियाका संरक्षक शंकरबहादुर पौडेलले नेपाली समाजमा आपसी सहयोग,भातृत्व र एकता संस्कृति रहेको भन्दै एनआरएनमा पनि त्यही भावना झल्किनुपर्ने बताए ।
एनआरएन मलेसियाका अध्यक्ष राकेश महतोले पनि बृहत भेलाको निर्णयप्रति सहमति जनाउँदै विगतका कटु अनुभवहरू बिर्सेर संस्थालाई अघि बढाउनुपर्ने धारणा राखे । “समाजभन्दा बाहिर कोही जान सक्दैन,” तेसैले आफुहरु सबै सहमतिमा आएको उनले बताए ।
संस्थाका उपाध्यक्ष इन्द्रबहादुर लिम्बूले दुई अध्यक्षबीच पालैपालो नेतृत्व दिने समझदारी अनुसार अघिल्लो अधिवेशन सम्पन्न भएको भए पनि कार्यान्वयनमा कमजोरी हुँदा समस्या उत्पन्न भएको बताए । “अब विगत कोट्याउने होइन, संस्था समृद्ध बनाउनेतर्फ लागौं,” उनले सुझाव दिए ।
नेपालका लागि मलेसियाका पर्यटन दुत एबम रास्वपा मलेसियाका संयोजक नेत्र केसिले एनआरएनए मलेसियामा नयाँ ऊर्जा र एकताका साथ सहमती भएकोमा खुशी व्यक्त गर्दै अब सहमतिका साथ अघि बढ्न आह्वान गरेका थिए ।
नेकपा एमाले मलेसियाका अध्यक्ष दयाराम कुमालले केही व्यक्तिका कारण संस्था कमजोर बनिरहेको टिप्पणी गर्दै अब फुट होइन, मिलनको मार्ग अपनाउनुपर्ने आवश्यकतालाई औल्याउँदै अगाडि बढेकोमा आफू खुशी भएको बताए ।
नेकपा माओवादी केन्द्र मलेसियाका अध्यक्ष प्रेम पाण्डेले संवाद नै समस्याको स्थायी समाधान भएको जनाउँदै एनआरएनको गरिमा कायम राख्न सबैको भूमिका अपरिहार्य रहेको बताए । उनले अहिले देखिएको समस्या समाधान भएकोमा आफू खुशी रहेको बताए ।
एनआरएन मलेसियाका युवा सम्योजक राजु लामाले भने नेतृत्व तहकै झगडाले युवाहरूमा नकारात्मक प्रभाव परेको गुनासो गर्दै आफुहरुले योबाट के सिक्ने भनी प्रश्न गरे ।
राष्ट्रिय युवा संघ नेपालका प्रतिनिधि मोहन घिमिरेले संस्था फुटको अवस्थामा पुगेको देखेर दुःख लागेको बताए । “एनआरएनए श्रमिकको हक हित र देश विकासका लागि आवश्यक छ,” उनले उल्लेख गरे ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ मलेसियाका अध्यक्ष एबम जनसम्पर्क समिती मलेसियाका उपसभापति कमल गौतमले एनआरएनमा विगत दुई वर्षदेखि इगोको कारण समस्या उत्पन्न भएको उल्लेख गर्दै व्यक्तिगत स्वार्थभन्दा संस्थाको हितमा ध्यान दिनुपर्ने सुझाव दिए ।
नेकपा एमाले मलेसियाका निबर्तमान अध्यक्ष एबम ब्याबसायी शेरबहादुर गुरुङले केही व्यक्तिलाई शक्ति केन्द्रले संरक्षण दिँदा संस्थामा अवरोध आएको भन्दै एनआरएनएले श्रमिकको हकमा दृढ भएर लड्नुपर्ने धारणा राखे । ब्याबसायी विजय मण्डलले केन्द्रको चुनावका बेला सबैले भोट माग्ने तर अहिले वेवास्ता गर्ने प्रवृत्तिले पीडा दिएको गुनासो गरे ।

एनआरएनए मलेसियाका उपाध्यक्ष दिलकुमार केरुङले अघिल्लो कार्यसमितिले बैठकसमेत गर्न नसक्नु लज्जास्पद भएको उल्लेख गर्दै अरुको गोटी नबन्न नेतृत्वलाई सचेत गराए ।
कार्यक्रमका सहभागीहरूले साझा मञ्चमार्फत एनआरएनए मलेसियामा नयाँ ऊर्जा र एकता लिएर अघि बढ्न आह्वान गरेका थिए ।
आज भएको सहमतिअनुसार अध्यक्ष राकेश महतोको सम्योजकत्वमा अधिवेशन समिति गठन गरिने र भब्यताकासाथ अधिवेशन सम्पन्न गराउन जिम्मा दिईएको छ । उक्त सहमतिपत्रमा मलेसियामा रहेका सबै संस्थाले हस्ताक्षर गरेका छन । यो सहमतिसङ्गै मलेसियामा एनआरएनए मलेसिया एकता भएको छ

