सुनाकोठीमा भिमसेन स्थापना दिवस भव्यताका साथ मनाइने

Dipak Pudasaini Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , ६ महिना अगाडि

ललितपुर,१० साउन । सुनाकोठी समाज ललितपुरले भिमसेन स्थापना दिवस भब्यताका साथ मनाउने भएको छ । सुनाकोठी क्षेत्रको विकास तथा ललितपुरलाई साँस्कृतिक एवं धार्मिक र पर्यटकीय स्थलका रुपमा बिश्वसामु परिचित गराउन भिमसेन स्थापना दिबस मनाउन थालिएको छ। यहि उदेश्यले सम्भवत विश्वकै सबैभन्दा अग्लो आराध्यदेव भिंद्यो अर्थात भीमसेनको आठौं स्थापना दिवस तथा भिं द्यो पुजा भाद्र १ गते आइतबार हुने भएको छ ।

आयोजक सुनाकोठी समाजका बिनोद डङ्गोलले सुनाकोठी समाजले वार्षिक रुपमा आयोजना गर्दै आएको भीमसेन जात्रालाई भविष्यमा पनि निरन्तरता दिइने बताए । उनका अनुसार मच्छेगाउँको एउटा खोंचबाट ल्याइएको ६० टनको सिङ्गो ढुङ्गाबाट धेरै मेहनतपछि भीमसेनको मूर्ति बनाइएको हो ।
सुनाकोठीमा भव्य तामझामका साथ आठौं वार्षिक उत्सव मनाउने तयारी अन्तिम चरणमा रहेको आयोजक समितिका सदस्य रुपेश डंगोलले जानकारी दिए ।