काठमाडौँ, १० साउन । हरितालिका तिज नजिकिए सँगै गायीका तथा कलाकार रिता बुढाथोकीलाई आमाको याद आएको छ । बुढाथोकीले गाएको गित तीज गीत ‘आमा मेरी आमा’ ले रिलिज छोटो समयमै ५० भन्दा धेरै हजार भ्युज समेत पाएको छ । भिडिओ गायिकाकै युट्युब च्यानल रिाता बुढाथोकीबाट डिजिटल बजारमा आएको हो । दण्डपाणि पाण्डेको शव्द र सङ्गीत, राकेश सोनीको म्युजिक एरेञ्ज र सञ्जय श्रीपालको मिक्सिङ्र माष्टरिङ् रहेको गीतमा सहगायनमा गायिका रितालाई महेश्वरी रास्कोटी र गीता सेञ्चुरीले साथ दिएका छन् ।
भिडिओ मुकेश नेपालीको निर्देशन एवं कोरियोग्राफीमा छायाङ्कन भएको हो । भिडिओमा वीरेन्द्र भाट ‘विपिन’ को क्रिएटिभ डाइरेक्शन, सिनेमाटोग्राफी एवं इडिटिङ रहेको छ भने सन्जना गुरुङ, वीरमा खड्का, मुकेश नेपाली लगायतका दर्जनौं कलाकारलाई नृत्यरअभिनयमा देख्न सकिन्छ भिडिओमा लोकेश भाटले एसोसिएट इडिटरको रुपमा काम गरेका छन् गोपाल भुजेलले निर्माण गरेको यो भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा तयार भएको हो ।
गीतमा लामो समयदेखि आमासँग भेट्न नपाएकी एउटी चेलीको मनोभाव व्यक्त गरिएको छ । आमा कहाँ होलिन्, के गर्दै होलिन सञ्चो बिसञ्चो कस्तो अवस्थामा होलिन्, भन्ने नानाथरि कुराहरु मनमा खेलाएर आमाको यादमा बेचैन रहेकी चेलीको भावना र अवस्थालाई गीतले जीवन्त बनाएको छ । तीज पर्वकै भावना र मर्म पोखिएको, वास्तविक तिजगीत भन्न सुहाउने यस गीतरभिडिओका दर्शक स्रोताले पनि युट्युबमा अत्यन्तै सकारात्मक प्रतिक्रिया दिएका छन् ।
चलचित्रका गीत, लोकदोहोरी, तीज गीत, भाषाभाषी गीत आदि गरेर ५ दर्जन भन्दा बढी गीतमा स्वर दिईसकेकी रिता रात्रीकालिन ‘लोकदोहोरी साँझ’ की पनि एक चर्चित गायिका हुन् लामो समयसम्म निरमाया दोहोरीमा गीत गाएकी उनी हाल ‘उत्कृष्ट दोहोरी साँझ’ अत्तरखेलमा गाईरहेकी छिन् ।
https://www.youtube.com/watch?v=bACl7BbPny8

